चुनावको मुखैमा दुई फोरमबीच पार्टी एकीकरण, यादव फर्किए पुरानै घर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं २७, भाद्र । संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ । यादवको घर फिर्ती निर्णयले फोरम नेपालको चुनावी अभियानमा एउटा बलियो इट्टा थपिएको बताईएको छ।

वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेश तराई फोरमबीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको हो।

मंगलबार रौतहटमा आयोजित चुनावी सभा एवं पार्टी एकीकरण कार्यक्रममा अध्यक्षद्घय यादवबीच राष्ट्रिय तथा मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेश आन्दोलनसम्म अमर यादवले फोरम नेपालमा केन्द्रीय कोषाध्यक्ष थिए ।

तर २०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम नामक पार्टी गठन गरेका थिए । मधेश आन्दोलनताका प्रभावशाली नेताको छवि बनाएका अमर यादव फोरम नेपालमा पुनः फर्किएसँगै मधेशमा स्थानीय चुनावमा पार्टी झन् बलियो भएको केन्द्रीय सदस्य रेवन्त झाले बताए ।

दुई पार्टीको संयुक्त प्रेस विज्ञप्ति

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);