नेकपा एमाले महोत्तरीको विवाद टुङ्गिँयो, महाधिवेशनपछि गहन छलफल गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेकपा एमाले महोत्तरीको विवाद टुङ्गिँयो, महाधिवेशनपछि गहन छलफल गर्ने सहमति

महोत्तरी। नेकपा एमाले महोत्तरीले माहाअधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएकाे छ ।

महाधिवेशनमा सहभागी हुन यसअघि पठाएकाे नाम सदर गर्दै विवाद सकिएकाे हाे ।महाधिवेशनपछि गहन समीक्षा गर्नेगरि सोही नामको सुचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिए ।

उनले भने, `धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो बिषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ  ।´ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् ।

जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);