प्रदेश २ को प्रदेश सभा बैठक सोमबार बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रदेश २ को प्रदेश सभा बैठक सोमबार बस्ने

काठमाडौं, २९ चैत । प्रदेश २ मा चैत ३० गते भोलि प्रदेश सभा बैठक आह्वान गरिएको छ । प्रदेश २ मा करिब ६ महिनापछि सोमबार दिउँसो १ बजे सभाको बैठक बस्न लागिएको हो ।

विगत ६ महिनादेखि प्रदेश २ मा प्रदेश सभा बैठक बसिएको छैन । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन भोलि बोलाइएको हो।

प्रदेश प्रमुख डा. राजेश झा अहिराजले नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश सभाको पाँचौ बैठक आह्वान गरिएको हो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);