प्रदेश सांसद शाहीलाई सरकारले बन्दी बनाएको जनमोर्चाको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

प्रदेश सांसद शाहीलाई सरकारले बन्दी बनाएको जनमोर्चाको आरोप

काठमाडौं। राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ ।

गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको आरोप लगाउँदैै राष्ट्रिय जनमोर्चाले स्थिति सार्वजनिक गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले पार्टीका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न नदिइएको, एक प्रकारको बन्दीका रुपमा राखिएको भन्दैे त्यसको कारण सार्वजनिक गर्न माग गरेको हो ।

साथै जनमोर्चाले गण्डकी प्रदेशको सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको निर्णय परिवर्तन नभएको पनि स्पष्ट पारेको छ । गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उहाँको अवस्थाबारे जानकारी गराउन माग गर्नुभएको थियो ।

साथै उहाँले सांसद शाही संसदमा उपस्थित नहुँदासम्म अविश्वासको प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न सभामुख समक्ष निवेदन दिनुभएको थियो ।

त्यसका आधारमा गण्डकी प्रदेशका सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार