लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरियो

लुम्बिनी, २४ चैत । लुम्बिनी प्रदेश सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा मिलेर एमाले नेतृत्वको सरकार ढाल्ने तयारी रहेको चर्चा चलेको छ । यही बीच प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सन्दर्भमा जसपा अनिर्णित रहँदा माओवादी केन्द्र र कांग्रेसले त्यसको प्रक्रिया अगाडि बढाउन सकेन । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

यसअघि एमाले र माओवादी मिलेर बनाएको सरकार पछिल्लो समय यी दलबीचको विग्रहका कारण कमजोर बनेको छ । जसपामा पनि पूर्व राजपानिकट सांसदका कारण प्रक्रिया अघि नबढेको बताइएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी रहेको बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);