दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

budget rakam

काठमाडौं, १९ असोज । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ ।

यो रकममध्ये (साउनमा)
गंगामाया अधिकारी २० लाख
– एमाले जिल्ला कार्यालय पर्सा : २ लाख ३ हजार
– पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५ लाख
– राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च :  १४ लाख ९८ हजार
– विभिन्न व्यक्तिका नाममा :  ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

(भदौमा)
– नेता नरहरि आचार्यको उपचार खर्च :  ३३ लाख ६१ हजार
– निर्वाचनमा घाइते २४ जनाको उपचार :  २७ लाख ६० हजार
– दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल :  ३० लाख
– देशभरका विभिन्न व्यक्तिका नाममा स् ८९ लाख रुपैयाँ बाँडिएको छ । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);