'अमार्टमेन्ट'मा अस्पताल चलाउन स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

‘अमार्टमेन्ट’मा अस्पताल चलाउन स्वीकृति

hospital

काठमाडौं, १९ असोज । स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित अमार्टमेन्टमा काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ ।
कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदन उपर कारबाही प्रक्रिया अघि बढाउन गठित स्थलगत अनुगमन समितिले बुझाएको छ ।

प्रतिवेदनको सुझाव विपरीत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्याल नेतृत्वको अनुमगन समितिले २०७५ असार २४ गते स्थलगत अनुमग तथा नरीक्षण गरी कलेजलाई अस्पताल सञ्चालन प्रदान गर्न
मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको थियो ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।