समाज कल्याण परिषदलाई बार्षिक विवरण उपलब्ध गराउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

समाज कल्याण परिषदलाई बार्षिक विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले समाज कल्याण परिषदलाई अहिलेसम्म गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको बार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले सोमबार यस्तो निर्देशन दिएको हो । समितिले समाजकल्याण परिषदको स्थापनाकालदेखि अहिलेसम्म गैरसकारी संस्थाहरुको आयोजना स्वीकृत भएको रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

आन्तरिक कार्य सञ्चालनका लागि गैर सरकारी संस्थाबाट अनुचित लाभ लिने गरेको आरोप लाग्न थालेपछि सो सम्बन्धमा सत्य तथ्य जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ । अहिले देशभरी ५० हजार संघ संस्थाहरु दर्ता भएको अवस्थामा यतिको संख्या आवश्यक रहे, नरहेको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनु भयो ।

यस्तै समितिले परियोजनालाई स्वीकृति तथा व्यवस्थापन गर्न, तथा स्वीकृत परियोजनाहरुको समय सीमा सहितको स्पष्ट कार्ययोजना र कार्यान्वयनमा विशेष ध्यान दिन समेत समाज कल्याण परिषदलाई निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);