पर्यटकिय स्थलको पहिचान प्रवद्र्धनमा हातेमालो आवश्यक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्यटकिय स्थलको पहिचान प्रवद्र्धनमा हातेमालो आवश्यक

वीरगन्ज, १२ असोज । विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जमा ‘पर्यटन क्षेत्रको पुर्नउद्धार’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश न. २ को पर्यटकिय स्थल वीरगन्ज महानगरपालिका वडा न. १५ मा अवस्थित भिस्वा डाँडामा सरसफाई, वृक्षारोपणका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिजय कुमार सरावगीले नयाँ पर्यटकिय स्थलको पहिचान भइसकेका स्थलको प्रवद्र्धन र विकास गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्थानीय स्तरमा भएका पर्यटकिय स्थलको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए । नगर प्रुमुख सरावगीले कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई सबैको संयुक्त प्रयासबाट मात्रै निराकारण गर्न सकिने धारणा राखनुभयो । त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका वीरष्ठ उपाध्यक्ष सुवोध गुप्ताले पर्सा जिल्ला देशकै मुख्य प्रवेशद्वार भए पनि अपेक्षा अनुसार पर्यटक भित्राउन नसक्नु दुःखद भएको बताउनु भएको छ ।

आर्थिक नगरी तथा औद्योगिक नगरी जस्तो क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना हुँदाहुँदै पनि स्रोत साधनको उचित सदुपयोग र राजनितिक खिचातानीका कारण पर्यटन क्षेत्र मारमा परेको उहाँको बुझाई छ । त्यस्तै नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्यले पनि सम्भावनाले भरिएको क्षेत्रमा विदेशको कल्पना गरेर आफ्नो क्षेत्रको विकास गर्न नसक्ने तर्क राख्नु भयो ।

कार्यक्रमको समापन गर्दै अभियानका राष्ट्रिय अध्यक्ष सर्राफले मधेशका लुकेका पर्यटकिय स्थलको पहिचान गरेर विश्वसामु चिनाउन सफल भएको बताउनु भयो । भिजिट मधेश नेपालको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं. २, वीरगन्ज महानगरपालिका र वीरगन्ज भिस्वा युवा क्लबको सयुक्त सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);