पोखरामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य पदार्थ फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पोखरामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य पदार्थ फेला

anugaman

काठमाडौं, १५ असोज । चाडपर्व नजिकिएसंगै पोखरामा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्वका बेला सर्वसाधारण मारमा नपरुन भनि जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले पोखरा बजारमा रहेका खाद्य, मिठाई, मासु, पेय पदार्थ, लगायतका पसलहरुको अनुगमन गरेको थियो । महान चाड दशैँ तिहारमा सर्वसाधारणको आवत जावत बढि हुने र उपभोक्ताहरु उपभोग्य सामानहरु किनमेल गर्दा बढि ठगिने भएकाले जिल्ला प्रशासन कार्यालय कास्किले बारम्बार बजार अनुगमन गर्ने गरेको जनाएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ, चामल, दाल, विस्कृट लगाएतका अखाद्यय वस्तुहरु नष्ट गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);