दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

काठमाडौं। दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोधेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्रसमेत काटेको हो ।

बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुन: सम्पादनसहित रिलिज गरिएको जानकारी दिएका थिए ।

दिपेन्द्र लामाद्धारा निर्देशित चलचित्र तेस्रो सातामा लाग्नु अघि दृश्यहरुमा केही फरबदल गरेर पुन: चलचित्र चलाउने निर्णय गरेको थियो । चलचित्र दुई नम्बरी ब्लकवस्टर हिट भएको निर्देशक लामाले बताउँदै आएका छन ।
चलचित्रले नाफा कमाए पछि निमार्ण पक्षले प्रावधिकहरुलाई केही रकम सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);