राती ११ बजेपछि फिल्म प्रदर्शन गर्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राती ११ बजेपछि फिल्म प्रदर्शन गर्न अनुमति

काठमाडौं । अबदेखि राति ११ बजेपछि पनि सिनेमा हलले फिल्म प्रदर्शन गर्न पाउने भएका छन् ।

चलचित्र विकास बोर्डले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर राति फिल्म प्रदर्शन गर्न सक्ने निर्णय गरेको हो ।

बोर्डले रातको समयमा फिल्म देखाउनुपरेमा बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय पनि गरेको छ ।

यसअघि एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गर्दै अब रिलिजको चार दिन अघि मात्रै सिफारिस लिए हुन्छ ।

प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको छ ।

अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ(संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष केसीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);