‘कथा काठमाडौं’लाई बिकास बोर्डको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘कथा काठमाडौं’लाई बिकास बोर्डको चेतावनी

katha-kathmandu

काठमाडौं, २७ भदौ । चलचित्र बिकास बोर्डले दुई हप्तापछि प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै एउटा च्यानलबाट हटाउन चेतावनी दिएको छ।

बोर्ड अध्यक्ष निकिता पौडेल हस्ताक्षरित पत्रमा फिल्मको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाइ सोको लिखित जानकारी बोर्ड समक्ष प्रस्तुत गर्न पत्राचार गरेको छ । पत्रमा निर्माण टिमले प्रोमो नहटाएमा चलचित्र निर्माण,प्रदर्शन तथा वितरण नियमावली अनुसार कारवाही गरिने पनि बताएको छ।

फिल्मकी निर्देशक संगीता श्रेष्ठले भने बोर्डको चिठीले आफूलाई अचम्भितसँगै थप पीडित बनाएको बताइन् । ‘सामाजिक सञ्जालमा उल्टै मेरो सिर्जना जथाभावी प्रयोग गरेर पीडित बनाइएको छ । तर मैले नै न्याय माग्ने जाने ठाउँमा कारवाही चेतावनीसहितको पत्र पाउँदा थप पीडित भएको महसुस गरेकी छु,’ संगीताले भनिन्, ‘बोर्डले अझै पत्रमा नै प्रोमो अश्लिल भएको ठोकुवा गरेको छ । कुन सामाग्री के हो भनेर ठोकुवा गर्ने निकाय पनि बोर्ड हो कि हैन यसमा पनि दुविधामा परेकी छु । तर मैले न अश्लिल फिल्म बनाएकी छु, न मेरो प्रोमो नै अश्लिल छ।’

निर्माण टिमले महिना दिन अघि फिल्मभित्र रहेको ‘रातका कुरा’ शीर्षकको गीत सार्वजनिक गरेको थियो जसमा अभिनेता प्रमोद अग्रहरी र अभिनेत्री प्रियंका कार्कीले अन्तरंग दृश्य दिएका छन् । सोही गीतको दृश्यलाई थुप्र्रै युट्युब च्यानलले राखेका छन् । बोर्डले तिनैमध्ये एकमा रहेको सामाग्री हटाउन पत्राचार गरेको हो । यता संगीताले भने बोर्डले पत्राचार गर्नु अघि नै आफूले महानगरीय प्रहरी अपराध महाशाखामा जथाभावी राखिएका सामाग्री हटाउन निवेदन दिएको बताइन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);