चितवनमा ट्याक्टर दुर्घटना ,५ जनाको मृत्यु ,१७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा ट्याक्टर दुर्घटना ,५ जनाको मृत्यु ,१७ घाइते

चितवन, ३० चैत । आइतबार बेलुका राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटना परि चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ भने एकजना २४÷२५ वर्षीय पुरूषको पहिचान खुल्न भने बाँकी रहेकोे छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुर स्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);