भक्तपुरमा पास बिना चल्ने सवारी साधन कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरमा पास बिना चल्ने सवारी साधन कारबाहीमा

भक्तपुर ।भक्तपुर निषेधाज्ञा जारी गरेको आज तेस्रो दिन सामान्य अवस्थामा रहेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम अनुसार बिहानखाद्यान, तरकारी पसलहरु खुलेका छन् । दैनिक उपभोग्य सामान बाहेकका अरु पसलहरु भने खुलेका छैनन् ।

अति आवश्यक सामान ढुवानी गर्ने यातायतका साधनहरु पनि बिहानदेखि निर्बाध रुपमा चलेका छन् । जिल्लाका विभिन्न चोकहरुमा सुरक्षा कर्मीद्वारा चेकजाँचमा कडाइ गरिएको छ । पास नभएका मोटरसाईकल र गाडीहरुलाई होल्डिङमा राखिराखेको छ भने कति ठाउँमा त नागरिकहरु आफै सचेत नभएको पनि देखियो ।

चोक–बजारमा निस्केका कतिले त सामान्य स्वास्थ्य मापदण्ड नै पालना नगरेको पाइएको छ। बजारमा किनमेलमा हिँड्ने तथा चोकमा बसेर एकआपसमा मास्कन लगाएरै गफ गरेर बसेको पनि देखिन्छ ।

निषेधाज्ञामा के–के गर्न पाईन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार यातायतका साधनको हकमा भने अत्यावश्यक तथा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान बोक्ने र जरूरी कामको लागिप्रयोग गर्ने साधानलाई निर्बाध रुपमा चलाउन पाईन्छ ।

साथै भइपरि आउने अति आवश्यक कामका लागि भने जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिदिने सहायाक सीडीओ केशरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);