प्रधानमन्त्रीका मतदाता भन्छन् : न्याय नपाए काठमाडौँमै अनसन बस्छौँ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रधानमन्त्रीका मतदाता भन्छन् : न्याय नपाए काठमाडौँमै अनसन बस्छौँ

kp oli

काठमाडौं, ३ माघ । सुरक्षाको माग गर्दै काठमाडौ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो माग उपर सुनुवाइ नभएको र १० दिन पर्खदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौँमै रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दै उनीहरुले मुआब्जा दिनुको साटो मोवाइलबाट ज्याने मार्ने धम्की आएको गुनासो गरेका छन ।

औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताए ।

‘हामी बिकास विरोधी होइनौं, उद्योग स्थापना भएर बिकास होस् भन्ने चाहना हो तर हाम्रो खाइ जिविकाको बाटो नै बन्द भएमा चुप बस्दैनौं’ उनले भने–दमकमा धेरै कार्यक्रम ग¥यौं, हाम्रो आवाज सुनिएन र केही नलागेपछि काठमाडौंमै आएका हौं ।’

‘हाम्रो शान्तिपूर्ण जुलुसमा पनि आक्रमण भयो, पटकपटक विभिन्न व्यक्ति र समूहले आन्दोलन रोक्न चेतावनी दिँदै आएका छन्’ संघर्ष समिति सचिव बस्नेतले थप्नुभयो –‘हाम्रो माग जायज भएपछि यसको विरोधमा अर्को उद्योग सरोकार समिति गठन गरिएको छ ।’

औद्योगिक क्षेत्र स्थापनाका लागि चाहिने २२ सय बिगाहा जग्गा मध्ये दमक नगरपालिकाले ९ सय ४२ बिगाहा जग्गा उपलब्ध गराएको छ भने बाँकी जग्गा गौरादह नगरपालिका र कमल गाउँपालिकाको अधिग्रहण गर्ने सरकारले तयारी गरेको छ । केही जग्गा पहिचान भइसके पनि १ सय ३ बिगाहा जग्गा कुन हो भन्ने अझै पनि टुंगो नलगाइएको समितिले जनाएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);