पुर्व पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटनामा ४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

पुर्व पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटनामा ४ को मृत्यु

जीवन न्यौपाने,

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।

बस घटनास्थलबाट २०० मिटर तल खसेको र निकै अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको प्रहरीको भनाइ छ । एक जना मृतक अझै पनि बस मुनि च्यापिएको अवस्था रहेको छ भने थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);