बागलुङको निसीखोलामा यात्रुबस पल्टिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो,घटनाको थप अनुसन्धान हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बागलुङको निसीखोलामा यात्रुबस पल्टिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो,घटनाको थप अनुसन्धान हुँदै

काठमाडौं,५ चैत्र । मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा यात्रुबस पल्टिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घटनास्थलमा ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । रुकुम पूर्व प्रहरीका अनुसार मृतक ३ महिला र ५ पुरुष छन् । रुकुम पश्चिमबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ दुर्घटनामा परेको हो ।

बस सडकदेखि १ सय ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले बताएको छ । बस भिर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको उद्दार टोलीले सुरुवातमा खोजी उद्दार गरेपछि रुकुम पूर्वबाट प्रहरी निरीक्षकको नेतृत्वको १८ जनाको प्रहरी टोली थपिएर घाइते र मृतक निकालेका हो । ७ वटा शव प्रहरीले रुकुम पश्चिम लगेको छ ।

मृतकको आफन्तलाई बुझाउन र सनाखतका लागि सहज बनाउन शवहरु पश्चिम लगिएको हो । एउटा शव बुर्तिवाङमा छ । घाइतेहरुको भने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भएको हो । अधिकांश गम्भीर घाइते भएकोले रातीनै पोखरा पु¥याइएको छ । घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिम पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);