काठमाडौं, १८ असार । जुम्लामा आफ्नी बहिनी भगाएको रिसमा एक युवकले घर जलाइदिएका छन् । दलित युवकले बहिनीलाई प्रेम विवाह गरेको निहुँमा तातोपानी–४ गिडिखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेका हुन् । सोही घटनामा सम्लग्न रहेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली थरका युवकले स्थानीय किशोरीसँग अन्तरजातिय प्रेम विवाह गरेका थिए । तर परिवारले भने किशोरी १६ वर्ष मात्रै भएको दाबी गर्दै आएका छन् । बिहान ४ बजेतिर घरमा आगजनी भएको र संयोगले घरभित्र कोही पनि थिएनन् ।
मुकुन्दको घरमा धुवाको मुस्लो देखिएपछि गाउँलेहरुले निभाउने प्रयास गरेका थिए । आगोले मुकुन्दको घर पुरै क्षतिग्रस्त भएको छ । किशोरीका दाजुले रिसको आवेशमा घरमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ ।