आइरन चक्की लिन अस्पताल पुगेकी गर्भवतीलाई जुकाको औषधि ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइरन चक्की लिन अस्पताल पुगेकी गर्भवतीलाई जुकाको औषधि !

pregnancy--650x381

म्याग्दी, १५ फागुन । म्याग्दीको बेनी अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीको पराकाष्ठ भएको छ ।  औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले गत मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गर्न गएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई आइरन चक्की दिनुपर्नेमा अल्बेण्डाजोलको बट्टा दिएको खुलासा भएको छ ।

कुँवर र उनका परिवारले माघ २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरीसमेत दिएका छन् ।

कुँवर हाल सात महिनाकी गर्भवती छन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ । आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

अस्पतालका प्रमुख डा रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);