छात्राहरुलाई विष खुवाएको आरोपमा सरकारी कर्मचारीहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

छात्राहरुलाई विष खुवाएको आरोपमा सरकारी कर्मचारीहरु पक्राउ

एजेन्सी, २९ फागुन । इरानमा एक सयभन्दा बढी सरकारी कर्मचारी पक्राउ परेका छन् । उनीहरुमाथि विद्यालय, कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई विष खुवाएको आरोप लागेको छ । गत वर्ष सेप्टेम्बर १६ मा इरानमा हिजाब विरोधी प्रदर्शन सुरु भएको थियो । यसपछि झण्डै पाँच हजार छात्रा रहस्यमय रुपमा बिरामी परेका थिए ।

विश्वव्यापी दबाबपछि इरान सरकारले घटनाको छानबिन गरायो । विद्यार्थीको पानीमा ढिलो विष मिसाइएको खुलासा भएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आदेशपछि सरकारले कारबाही गरेको हो। खामेनीले भनेका थिए– जो दोषी छ, उसलाई फाँसी दिनुपर्छ । त्यसपछि इब्राहिम रायसीको सरकारमाथि दबाब बढ्यो ।

गृहमन्त्रालयले बालिकाहरुलाई विष दिएपछि इरान सरकारको निकै अपमान भएको टिप्पणी गरेको छ । सुरुमाअनुसन्धान र अहिले पक्राउको प्रक्रिया सुरु भएको छ । सरकारी समाचार एजेन्सी ‘इर्ना’का अनुसार गृह मन्त्रालयले यस विषयमा अनुसन्धान लामो समयसम्म चल्ने स्पष्ट गरेको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गरी प्रमाण संकलन गरिने छ । अझै केही व्यक्ति पक्राउ पर्न सक्ने सम्भावना छ ।

देशका धेरै सहरबाट मानिसहरु पक्राउ परेका छन् । केही रिपोर्टका अनुसार पक्राउ पर्नेमा अधिकांश सरकारी कर्मचारी रहेका छन् । केही सञ्चारमाध्यमका अनुसार पक्राउ परेकाहरू सरकार समर्थक र कट्टरपन्थी हुन्।
इरान बाहेक विश्वका धेरै देशमा छात्रालाई विष दिएपछि विरोध प्रदर्शन भएको थियो । विद्यार्थीको आवाज दबाउन यो षड्यन्त्र भएको अभिभावकहरुले बताएका छन् । सर्वोच्च नेता खामेनीले यसलाई अक्षम्य अपराध भनेका छन् । खामेनीले भनेका थिए– दोषीलाई कडा सजाय दिइनेछ।

गृहमन्त्रालयले पक्राउ परेका बारे खुलेर बोल्न मानेको छैन् । देशका धेरै ठाउँमा बालिका विद्यालय जान पनि बन्द भएका छन् । नोभेम्बरमा कोम शहरमा विषाक्तताको पहिलो घटना रिपोर्ट गरिएको थियो। यहाँ १८ बालिका गम्भीर बिरामी परे।

सबै बिरामी केटीहरूले ठ्याक्कै उस्तै लक्षणहरू देखिएपछि षड्यन्त्र भएको आशंका गरिएको थियो । बान्ता हुनुका साथै हात खुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने उनीहरुको साझा लक्षण हो । फेब्रुअरीमा तेहरानको एउटा कलेजका १०० जना केटीहरूलाई सँगै भर्ना गर्नुपरेको थियो। यस सम्बन्धमा राष्ट्रसंघमा प्रस्ताव पनि पारित भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);