भारतीय युवा क्रिकेटर पृथ्वी शा ८ महिनाका लागि निलम्बित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

भारतीय युवा क्रिकेटर पृथ्वी शा ८ महिनाका लागि निलम्बित

prithvi shaw suspended

एजेन्सी, १५ साउन । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले युवा ब्याट्सम्यान पृथ्वी शालाई ८ महिनाका लागि निलम्बन गरेको छ । बीसीसीआईले प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको जनाएको छ ।

बीसीसीआईले बिज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । शा प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन् । उनले सेवन गरेको पदार्थ औषधीमा पाईने गरेको बीसीसीआईले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शाले आफ्नो नमुना परिक्षण गरेका थिए । जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो ।

शाले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका छन् । तर उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन् । बीसीसीआईले शाको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);