काठमाडौं, २१ कात्तिक । प्रहरीले काठमाडौ भित्रिएको ठुलो परिमाणको बिष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी तिहारलाई लक्ष्यित गरी काठमाडौं ल्याइएको दशलाख बराबरको अबैध पटका नष्ट गरेको बताएको छ । प्रहरीले ठुलो मात्रामा बिष्फोटक पदार्थ भित्र्याउने ९ जनालाई बिष्फोटक पदार्थ ऐन अन्र्तगत कारवाहि पनि चलाएको छ ।
बिष्फोटक पदार्थको प्रयोगबाट आगलागि, अंगभंग र मृत्यु जस्ता घटना हुने सम्भावना रहेकाले पटका प्रयोगमा नियन्त्रण गरेको महानगरिय परिसर काठमाडौका एसएसपी वसन्त लामाको भनाई छ । नपाल प्रहरीले पटका र बिष्फोटक पदार्थ बिक्रि बितरण नगर्न र नकिन्न पनि सवैमा आग्रह गरेको छ ।




