तिहारको आगमनसँगै पाल्पाली ढाकाको व्यापार बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तिहारको आगमनसँगै पाल्पाली ढाकाको व्यापार बढ्दै

प्रकाश नेपाल

पाल्पा, २२ कात्तिक । तिहारको आगमनसँगै पाल्पाली ढाकाको व्यापार पनि बढ्दै गएको छ । तिहारमा दिदी बहिनीहरुले दाजुभाईलाई ढाकाको टोपि उपहार दिने प्रचलनले गर्दा ढाकाको व्यापार वढ्दै गएको हो ।

पाल्पा तानसेनका ढाका पसलहरुमा दाजुभाईको लागि टोपी, आस्कोट, टाई, व्याग र दिदी बहिनीको लागि पछ्यौरा साडी, कुर्ता सुरुवाल, ब्याग, पर्स, लगायतका उपहारका सरसमान किन्नेको भिड बढेको छ ।

टिका र मालाको साथै शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा पाल्पाली ढाका मानिसको रोजाईमा पर्ने गरेको छ ।

उपभोक्ताहरुको चाहाना अनुसार ढाकाको सामानमा बिबिधिकरण भएपछि पाल्पा घुम्न आउने आन्तरीक तथा बाह्रय पर्यटकले ढाकाका सामाग्रीलाई उपहार र मायाको चिनोको रुपमा लैजाने चलन भएकाले पनि ढाकाको व्यवसाय दिनहुँ फस्टाउँदै गएको हो ।

तानसेनमा मात्र हाल करीब १० वटा ठुला ढाका उद्योग रहेका छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका बुन्ने संख्यामा दिनहुँ बृद्धि भैरहेको छ । १ वटा पाल्पाली ढाका टोपीको मुल्य १ सय रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्म रहेको छ ।

अहिलेसम्म घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता भएका छन् । जसमध्ये १९ वटा ढाका कपडा उद्योग क्रियाशील अवस्थामा छन् भने करीब ५ हजार जनाले रोजगारी पाएका छन् ।

ढाका बुन्ने कामदारहरुले मासिक ५ हजार देखि २५ हजार सम्म कमाइ हुने गरेको बताउँछन् । गत बर्ष १० करोड रुपैयाँको हाराहारीमा कारोवार भएको पाल्पाली ढाका यस बर्ष १२ करोड सम्मको कारोवार हुने उद्योगीको भनाई छ ।

२०१५ सालमा एउटा तानबाट शुरु भएको पाल्पाली ढाका अहिले देशकै गौरबको रुपमा परिचित छ । पाल्पाली ढाका जस्तै यस्ता घरेलु उत्पादनको लागि सरकारको सहयोग र प्रोत्साहन पाएमा मात्र स्वदेशी उद्योग फस्टाउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);