उदयपुरको श्रमिक पार्कको निर्माण अझै सम्पन्न भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उदयपुरको श्रमिक पार्कको निर्माण अझै सम्पन्न भएन

गोपाल पोखरेल

उदयपुर, २२ कात्तिक ।  उदयपुरको गाईघाटस्थित भगवती मन्दिर परिषरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले १५ बर्ष अघि निर्माण सुरु गरिएको श्रमिक पार्कको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

उदयपुर सदरमुकाम गाईघाटलाई चिनाउने मुख्य क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको यो पार्क आर्थिक अभावका कारण निर्माण सम्पन्न हुन नसकेको हो ।

उदयपुरको गाईघाट स्थित श्रमिक पार्क निर्माण कार्यले गति लिन नसकेपछि त्यहाँका महत्वपूर्ण मूर्तिहरु अलपत्र भएका छन् । उचित रेखदेख र संरक्षण हुन नसक्दा कतिपय मुर्तिमा लेउ लागिसकेको छ । कतिपय भगवानका मुर्तिहरु टुटफुट र जीर्ण बनेका छन् ।

पार्कमा मुख्य आकर्षकको रुपमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको छ । बुद्धले आफ्नो मूर्ति आफैँ खोप्दै गरेको झलक दिने यो मूर्तिबाट श्रम र ज्ञान एक साथ भएमात्र हरेक कुराले पूर्णता पाउने चेतना मिल्ने ज्ञान दिन खोजिएको छ । तर, आर्थिक अभावका कारण यो मुर्ति पनि पूर्णरुपमा तयार हुन सकेको छैन ।

दिनभरिको गर्मी, धूवाँ–धूलोबाट पीडित सिर्जनशील युवायुवती, प्रौढ र वृद्धाका लागि जोस जाँगर र हौसला थप्ने उद्देस्य राखेर बिभिन्न परम्परागत प्रबिधियुक्त मूर्ति, बौद्ध स्तुपा, सेल्फी पूल, बुद्धको मुर्ति लगायतको निर्माण कार्य थालिएको थियो ।

ती मध्ये केहीको निर्माण कार्य सकिएपनि आर्थिक अभावका कारण बाँकी काम पूरा नहुँदा पार्क प्रयोगमा आउन नसकेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);