१० वर्ष अघि निर्माण थालिएको नमुना पर्यटन पार्क अझै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१० वर्ष अघि निर्माण थालिएको नमुना पर्यटन पार्क अझै अलपत्र

सप्तरी, १६ चैत । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ स्थित हेडबाँधमा १० वर्ष अघि नमुना पर्यटन पार्क बनाउनसुरु गरिएपनि अझै काम सम्पन्न हुन सकेको छैन ।

करिब ७६ लाख खर्च भैसकेको पर्यटन पार्क बन्न नसक्दा चरण क्षत्रेमा परिणत भएको छ । पार्क निर्माणमा स्थानीय सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

बजेट अभावका कारण तथा निकासा भएको बजेट पनि प्रयाप्त नभएकाले पार्क निर्माण सम्पन्न गर्न नसकिएको पार्क निर्माण समितिको तर्क छ । पार्क निर्माण गर्न थप १ करोड रुपैंया लाग्ने अनुमान गरिएको छ ।

पार्क क्षेत्रमा रहेको सानो पोखरीलाई ठुलो बनाउन खोज्दा खर्च बढेको र थप बजेट निकासा गरि पार्क निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।

स्थानीय सरकार आएपछि पुर्वाधारका निर्माणका कामले गति लिने जन विश्वास पुरा गर्न जन प्रतिनिधि गम्भिर हुन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);