तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै,

काठमाडौं, १ माघ । आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै, देवघाट, त्रिवेणी लगायत स्थानमा मेला, थारु समुदाय माघी पर्वको उल्लासमा ।यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने धार्मिक विश्वास छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर पनि सक्रान्ति भनिन्छ । साउन १ गते शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गते उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);