अमेरिकाका दर्जनौं चर्चित व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अमेरिकाका दर्जनौं चर्चित व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक

twitter hacked

एजेन्सी, १ साउन । अमेरिकाका अरबपतिहरुसंगैं पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिको आगामी चुनावका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडनको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ ।विश्वका घनाढ्य व्यवसायीहरु बिल गेट्स, वारेन बफेट, जेफ बेजोसलगायतका चर्चित व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ट्वीटर एकाउन्ट ह्याकपछि धेरैको एकाउन्टबाट अभौतिक मुद्रा बिट्क्वाइनका लागि सहयोग मागिएको छ । बिल गेट्सको ट्वीटमा समाजका लागि बिटक्वाइन मार्फत १ हजार अमेरिकी डलर सहयोग गर्नेलाई २ हजार डलर फर्काउने उल्लेख गरिएको थियो । त्यस्तै गरि अन्य अरबपतिहरुको ट्वीटमा पनि एक घन्टाभित्रमा बिटक्वानइमा पठाएको पैसा दोब्बर गरेर पठाउने उल्लेख गरिएको छ । पोस्ट भएको केही मिनेटै यी ट्वीट हटाइएको छ ।

त्यस्तै अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र एप्पललगायतका ठूला कम्पनीको यस्तै आशयको सुचना पोष्ट भएको थियो । केही समयमै सयौं व्यक्तिले ह्याकरहरुलाई एक लाख डलरभन्दा बढी पठाइसकेको बताइएको छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले आफूहरुका लागि यो निकै ठुलो समस्या भएको उल्लेख गर्दै यसका बारेमा अनुसन्धान गरिरहेका बताउनु भएको छ ।

अमेरिकाको संघीय जाँच एजेन्सी एफबीइआईको सानफ्रान्सिस्ककोस्थित कार्यालयले विज्ञप्ति जारी गर्दै जालसाजीका लागि ट्वीटर एकाउन्ट ह्याक गरिएको यस्ता सन्देशको लोभमा नफस्न सबैलाई आग्रह गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);