पुटिनका कट्टर आलोचक नेता नाभल्नीलाई विष दिइएको आशंका, स्वास्थ्य अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

पुटिनका कट्टर आलोचक नेता नाभल्नीलाई विष दिइएको आशंका, स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी , ५ भदौ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक विपक्षी एलेक्सी नाभल्नीलाई विष दिइएको आशंका गरिएको छ । गम्भीर अवस्थामा अस्पतालमा उपचाररत नाभल्नीलाई चियामा हालेर विष दिइएको आशंका गरिएको हो ।

रुसमा भएको भ्रष्टाचार र पुटिनको मनोमानी शासनविरुद्ध आक्रमक अभियान छेडिरहेका नाभल्नीलाई चियामा विष हालेर दिइएको भ्रष्टाचारविरुद्धको फाउन्डेसनका संचारसचिव किरा यरमिशले बताउनुभएको छ ।

बिहीबार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेलादेखि उहाँ एक्कासी विरामी भएपछि आकस्मिक रुपमा ओम्स्कमा विमान अवतरण गराई अस्पताल लगिएको किराले जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभल्नीले गत जूनमा संवैधानिक सुधारका नाममा गराइएको मतदानलाई संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);