राष्ट्रपतिभण्डारीद्वारा कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउन अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रपतिभण्डारीद्वारा कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउन अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउने अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गरेकी छिन् ।

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाए हो ।

अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ ।

विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताउँछन् ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);