अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा

एजेन्सी । अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन अर्थात झन्डै ७० लाख खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।

ह्वाइट हाउसका अनुसार भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पापुआ न्यू गिनी र ताइवानलगायत एसियाली मुलुकलाई खोप उपलब्ध गराइने छ ।

गतसाता मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो । यद्यपि, नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);