जसपाको यादव पक्षद्वारा महन्थ ठाकुरसहित चार जनासँग पुन: स्पष्टीकरणकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जसपाको यादव पक्षद्वारा महन्थ ठाकुरसहित चार जनासँग पुन: स्पष्टीकरणकाे माग

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसहित चार जनालाई फेरि स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्णय विपरीतका काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

यसअघि ११ गते सोधिएको स्पष्टीकरणको जवाफ पनि नआएकाले तपाईँलाई थप कारबाही किन नगर्ने भन्दै केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले अर्को स्पष्टीकरण पत्र पठाउनुभएको हो । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा पार्टीको अन्तरिम विधानअनुसार पार्टीबाटै निष्कासन गर्ने समेतको निर्णय गर्न सकिने पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई ठाकुर पक्षले स्वागत गरेको छ भने सरकारमा पनि सहभागी हुने तयारीमा छ ।

यस्तै पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई अघि सारेको छ । तर अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने ओलीको कदमको विरोध गर्दै विपक्षी गठनबन्धनलाई साथ दिएको छ । यसअघि ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);