भारतीय किसान यूनियनले गर्यो भारत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भारतीय किसान यूनियनले गर्यो भारत बन्द

काठमाडौं,४ फागुन । भारतीय किसान यूनियनले आज चक्का जामको आव्हान गरेका छन् । युनियनले संयुक्त किसान मोर्चाको नाममा आज चक्काजाम र ग्रामीण भारत बंदको आह्वान गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

आज कुनैपनि किसानले खेतमा काम नगरि प्रदर्शनमा उत्रने बताइएको छ । गत मंगलबारदेखि भारतका किसानहरु फेरि आन्दोलित भएका हुन् । विभिन्न प्रदेशबाट राजधानी दिल्ली जाऔं आन्दोलन आव्हान गर्दै किसानहरु आन्दोलित भएसँगै दिल्लीको यातायात सेवा प्रभावित छ । यसअघि २०७७ सालमा पनि आन्दोलन गरेका हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरुले मंगलबार फेरि दिल्लीमा प्रदर्शन आह्वान गरेका छन् ।

उनीहरुलाई रोक्न दिल्लीको सीमा क्षेत्रमा थुप्रै संख्यामा सिमेन्टबाट बनाइएका अग्ला, बाक्ला र ब्यारिकेडहरु लगाइएको छ । मुख्य सडकहरुमा पनि कन्टेनर, बस र क्रेनहरु तेर्स्याएर राखिएको छ । हरियाणा र पन्जाबको सीमा क्षेत्रमै प्रहरीले ड्रोनबाट अश्रुग्याँस प्रहार गरेर किसानहरुलाई रोक्ने प्रयास गरेको छ ।

दिल्ली र उत्तर प्रदेशबीचमा पर्ने गाजीपुर बोर्डर, सोनीपत, पानीपत, करनाल, बहादुरगढ, रोहतकतर्फ जाने सडकहरु बन्द गरिएको छ । दिल्ली प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भारतका किसानहरुले उत्पादन लागतमा ५० प्रतिशत नाफा दिनुपर्ने, ऋण माफ हुनुपर्ने, स्वामिनाथन आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, दैनिक ज्याला ७०० रुपैयाँ हुनुपर्ने लगायतका माग राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);