इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने पाइपलाइनमा विस्फोट | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने पाइपलाइनमा विस्फोट

bom bisfot

एजेन्सी,३ फागुन । इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनमा दुई वटा विस्फोट भएको छ । दक्षिणपश्चिमी प्रान्त चाहरमहल र बख्तियारीको बोरुजेन शहर तथा फार्सको दक्षिणी प्रान्त सफसहरमा पाइपलाइनलाई निशाना बनाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

तोडफोडबाट कम्तीमा तीन प्रान्त उत्तरपूर्वमा उत्तरी खुरासान, पश्चिममा लोरेस्तान र उत्तरपश्चिममा जान्जनमा ग्यास आपूर्तिमा अवरोध भएको सरकारी मिडियाले बताएको छ । कम्पनीले ग्यास लाइनहरूको व्यवस्था परिवर्तन गरेर ‘नेटवर्कको स्थिति स्थिर’ गरेको जनाएको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले दुवै स्थानमा आगो नियन्त्रणमा लिएको र मर्मतको भइरहेको बताएको छ आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । इरानले सामान्यतया यस्तै प्रकारको तोडफोडमा इजराइलका एजेन्टहरूलाई दोषी भन्ने गरेको छ । तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । दुवै देश लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);