साउदी अरेबियाको सैनिक विमानस्थलमा हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण, हतियार भण्डारमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

साउदी अरेबियाको सैनिक विमानस्थलमा हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण, हतियार भण्डारमा आगलागी

yemen-drone-strike

एजेन्सी, ८ जेठ । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक विमानस्थलमा ड्रोन आक्रमण गरेका छन् ।

विद्रोहीले विमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ । बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण गरिएको साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बताएका छन् ।

साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो । हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);