ट्रम्पद्वारा आप्रवासीसम्बन्धी गोप्य बुँदा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रम्पद्वारा आप्रवासीसम्बन्धी गोप्य बुँदा सार्वजनिक

trump secret mexico document

एजेन्सी, २९ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीको प्रवेश नियन्त्रण सम्बधमा मेक्सिकोसँग भएको सम्झौताका केही बुँदा सार्वजनिक गर्नुभएको छ । सम्झौतामा आप्रवासीका लागि क्षेत्रीय शरणार्थी शिविरको स्थापना गरिने योजना रहेको बताईएको छ ।

अमेरिका प्रवेश गर्न चाहने विभिन्न ल्याटिन अमेरिकी मुलुकका नागरिकलाई यी शिविरहरुमा राखिने जनाइएको छ । मेक्सिकोले ४५ दिन भित्र मुलुकको कडा सीमा सुरक्षा सम्बन्धी कानून लागू गर्ने प्रतिबद्धता पनि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हाल मेक्सिकोले ग्वाटेमालासँगको सीमा क्षेत्रमा ६ हजार सुरक्षाकर्मी तैनाथ गरिरहेको छ ।

मेक्सिकोसँगको सम्झौतामा उल्लेख सम्पूर्ण जानकारी भने दिन नचाहेको राष्ट्रपति ट्रम्पको भनाई छ । मेक्सिकोले सही समयमा आफैले सो सम्झौता बारे खुलासा गरोस् भन्ने चाहेको राष्ट्रपति ट्रम्पले बताएका छन । मेक्सिकोले ४५ दिनभित्र अवैध आप्रवासीको अमेरिका प्रवेशमा रोक नलगाए अन्य मुलुकलाई समेत असर पुग्ने जनाइएको छ ।

अवैध आप्रवासीको ट्रान्जिट बनिरहेका ब्राजिल, ग्वाटेमाला, पनामा लगायत मुलुकहरुसँग पनि यस सम्बन्धमा छलफल हुनसक्ने संझौतामा उल्लेख गरिएको छ । अवैध आप्रवासी रोक्न अमेरिकाले मेक्सिकोको पूर्ण प्रतिबद्धता चाहे पनि त्यो सम्भव नभएको विश्लेषकहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);