भारतमा बाढीको कारण १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा बाढीको कारण १० जनाको मृत्यु

bihar flood

एजेन्सी, १२ असोज । भारतको बिहार राज्यमा लगातारको बर्ष पछि आएको बाढीले १० जनाको मृत्यु भएको छ । बिहारको भागलपुरमा पर्खाल भत्कीदा ६ जनाको र खगौल शहरमा रुखले थिचेर ४ जनाको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

केही दिनदेखिको वर्षाले बिहारका विभिन्न भाग डुबानमा परेका छन् । बिहारको राजधानी पटनाको ८० प्रतिशत भाग डुबानमा परेको छ।पटनाका अधिकांश सडक डुबानमा परेपछि यातायात अवरुद्ध भएको छ ।

रेल र हवाइ सेवा पनि अबरुद्ध भएको छ । गाडी गुड्ने सडकमा निकै पानी जमेपछि डुंगा सञ्चालन गरिएको छ । डुबानमा फसेकाहरुको उद्धारमा डुंगा प्रयोग गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);