अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि सरकारले छोड्दैन : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि सरकारले छोड्दैन : गृहमन्त्री थापा

grihamantri surkhet

सुर्खेत, २५ फागुन । गृहमन्त्री रामबहादुर थापाले अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि नेपाल सरकारले नछोड्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोेष्ठी शनिबार सम्पन्न भएको छ ।

गोष्ठीको समापनमा गृहमन्त्री रामबहादुर थापाले सामाजिक सुरक्षामा केही अपराधिक तत्वहरु भएपनि ती तत्वहरुलाई सरकारले धेरै हदसम्म निस्तेज पारिसकेको दाबी गरे । विप्लव तिर लक्षित गर्दै गृहमन्त्री थापाले अझै पनि शान्ती सुरक्षामा छिटफुट रुपमा चुनौती रहेको र अब विप्लवको विरुद्वमा सरकार कठोर तरिकाले अगाडी बढ्ने उनले बताए ।

गृहमन्त्री थापाले सर्वस्व जन्मकैद पाएका सांसद रेशम चौधरीको बिषयमा भने आदालतले गरेको निर्णयलाई सबैले स्वीकार गर्नै पर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);