प्रदेश २ मा सुरक्षा चुनौति : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेश २ मा सुरक्षा चुनौति : गृहमन्त्री थापा

बारा, १२ वैशाख । गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर २ मा सुरक्षा चुनौति रहेको बताएका छन् । बारामा दुई नम्बर प्रदेशको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले प्रदेश २ संवेदनशिल रहेकाले सरकारले सुरक्षा रणनीति बनाइ रहेको बताए ।

उनले नेपाल भारत खुल्ला सिमाना रहेकाले प्रदेश २ मा अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टचारका घटाना धेरै हुने भएकाले नियन्त्रणका लागि सरकार सचेत रहेको बताए ।

गृहमन्त्री थापाले जनताको सुरक्षामा कुनै कमि हुन नदिन सुरक्षा निकायलाई निर्देशन समेत दिए । यसअघि सिमारा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले तराईमा रहेका भुमिगत समूहलाई मुलधारमा आउन आग्रह गरेका थिए ।

तराईमा भुमिगत समूहले अपराधिक गतिविधि गरेको भन्दै उनले मुलधारमा नआए सरकारले कडा कारबाही गर्ने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);