तस्करीमा संलग्न कसैलाई नछाड्ने गृहमन्त्री थापाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तस्करीमा संलग्न कसैलाई नछाड्ने गृहमन्त्री थापाको चेतावनी

grihamantri badal

कैलाली, ९ जेठ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्न ठुला माछालाई पनि पक्राउ गर्ने चेतावनी दिएका छन् । कैलालीको धनगढीमा संचारकर्मीसँग गृहमन्त्री थापाले सुन तस्करीको नाइके चुडामणि उप्रेती (गोरे)लाई पक्राउ गरेसँगै ठुला माछालाई पनि पक्राउ गर्ने बताएका हुन् ।

गोरेको माध्यमबाट तस्करीमा संलग्न ठुला माछालाई पक्राउ गरिने गृहमन्त्री थापाको भनाइ छ । उनले भ्रष्टाचार र अपराधिक गतिविधिलाई जरैबाट उखेलेर देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताए ।

यसैबीच गृहमन्त्री थापाले प्रदेश नम्बर ७ को सुरक्षा गोष्ठीको उद्घाटन गरे । प्रदेश ७ को सुरक्षा व्यवस्थाको रणनीति बनाउन गोष्ठीको आयोजना गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);