सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन कोइरालाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन कोइरालाको चुनौती

काठमाडौं, २ असार । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता कोईरालाले गृहमन्त्री राम बहादुर थापाले ठुला माछा समात्ने भन्दै हिडेको उल्लेख गर्दै समातेर देखाउन सार्वजनिक चुनौति दिएका हुन् ।

उनले भन “मैले मिडियाबाट च्यालेन्ज गरेको छु । कसरी समाउनुहुन्छ भनेर । सक्नुहुन्न । किन भने उहाँहरुकै मान्छेहरु पर्छन् । समातेर देखाउनुहोस् ।”

मुलुक अधिनायकवाद, सर्वसत्तावाद र थाहा नपाईदो ढंगले निरंकुशतावाद तर्फ धकेलिदै गएको कोइरालाले टिप्पणी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा शक्ति केन्द्रित गर्न खोजेको आरोप लगाए । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संबैधानिक निकायलाई निकम्बा बनाउने गरि सर्वेसर्वा हुन खोजेको उनको आरोप छ ।

प्रधानमन्त्रीले एनजीओ आई एन जिओको अनुगमनका नाममा राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग लगायलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उनको तर्क थियो । नेता कोईरालाले गृहमन्त्रीलाई बादललाई गृहमन्त्री भन्दा पनि अनुगमन मन्त्री भन्न रुचाएको भन्दै व्यंग्य गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);