नेपालमा पछिल्लो तीन वर्षयता करिव ४ हजार किलो सुन तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपालमा पछिल्लो तीन वर्षयता करिव ४ हजार किलो सुन तस्करी

33 sun

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका छन् ।

उनले मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको खुलासा गरे ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको छानवीनबाट पत्ता लगाइएको बताए । ३३ किलो सुन तस्करीका लागि गठित छानवीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानवीनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ ।

गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी गरेका छन् । गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई अघि बढाइएको जानकारी दिए । उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी गरे ।

विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अव त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);