पूर्व जानकारी दिएर गृहमन्त्रीले गरे विमानस्थलको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पूर्व जानकारी दिएर गृहमन्त्रीले गरे विमानस्थलको अनुगमन

bimansthal anugaman

काठमाडौं, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालयमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् । पूर्वघोषित अनुगमनका लागि विमानस्थल पुगेका गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

त्रिभूवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुनमा ठुला माछालाई समाउने घोषणा गरेर छानविन थालेका गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म ठुला माछासम्म पुग्ने सकेका छैनन् । उनले गरेको अन्य घोषणाहरु पनि घोषणामा मात्र सिमित भएका छन् । सिण्डिकेट खारेजीको घोषणा होस वा गैरसरकारीसंस्थाको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा होस –उनले थालेका कदम अलपत्र नैं परेका छन् ।

यहि क्रममा शुक्रबार गृहमन्त्री थापाले बिहानै त्रिभूवन विमानस्थल पुगेर अनुगमन गरे । गृहमन्त्रीको अनुगमनको खबर पाएपछि मिडियाको ध्यानाकर्षण त हुने नैं भयो । तर, बिमानस्थल पुगेर बुझ्दा थाहा भयो–गृहमन्त्री थापा पूर्व जानकारी गराएर बिमानस्थल पुगेका रहेछन ।

३३ किलो सुन तस्करी एउटा सार्वजनिक भएको उदाहरण मात्र हो । अन्तर्राष्ट्रिय व्यापारिक सामग्रीमा हुने धेरैजसो तस्करी त्रिभूवन विमानस्थलबाट नैं हुने गर्छन् । तर गृहमन्त्री थापा त्यस्ता सूचना पाएर रोक्न भन्दा पनि अध्यागमनमा राम्रो काम भएन भनेर गुनासो आएपछि अब पनि आयो भने कारवाही गर्छु भनेर सुनाउन विमानस्थल पुगेका छन् ।

अध्यामगन कार्यालयबाट हुने गरेको सेवामा कर्मचारीहरुले लापरवाही गर्ने, कार्यलयमा अनुपस्थित हुने तथा सेवाग्राहिलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि गृहमन्त्री थापा, गृहसचिव, प्रहरी महानिरीक्षकसहितको जम्बो टोली लिएर अनुगमन गरेका हुन् । गृहमन्त्रीले मातहतका निकायले काम गरेनन भनेर गुनासो गर्दा काम गर भनेर निर्देशन दिन बिमानस्थल पुगिरहनु पर्ला र भन्ने प्रश्न उठ्छ ।

मन्त्री प्रधानमन्त्री भनेको कहाँ गुनासो आउँछ त्यहाँ दौंडने भन्दा पनि गुनासो आउन नपर्ने गरि काम गराउने र आएमा कारवाही गर्ने पद हो भन्ने हेक्का गृहमन्त्रीसहित सबै पदाधिकारीले राख्नुपर्ने हो । तर, मन्त्री देखि प्रधानमन्त्रीसम्मले लोकप्रियताका लागि मात्र दौंडने हो भने जिम्मेवार भूमिका कस्ले निर्वाह गर्ने ? फेरी गृहमन्त्रीले त हरेक महिना बिमानस्थलको अनुगमन गर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);