मौसमी बेलुन उडानबाट वायुमण्डलका सूचना प्राप्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मौसमी बेलुन उडानबाट वायुमण्डलका सूचना प्राप्त

jal tatha mausam

काठमाडौं, ७ भदौ । जल तथा मौसम विज्ञान विभागले परिक्षण उडान प्रारम्भ गरेको मौसमी बेलुनबाट मौसम पूर्वानुमानसहित वायुमण्डलका विभिन्न सूचनाहरु प्राप्त गर्न सजिलो भएको बताएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रहेको रेडियोसोण्ड केन्द्रबाट उडाइने मौसमी बेलुनबाट तीन सय किलोमिटर क्षेत्रफलमा बत्तीस किलोमिटर उचाइसम्मको क्षेत्रफल कभर गर्छ । बेलुनमा जडित सेन्सरले तापक्रम, बायुको चाप, सापेक्षिक आद्र्रता र वायुको गतिजस्ता कुराहरु पत्ता लगाउने विभागले जनाएको छ ।

नेपालमा पहिलो पटक सुरु गरिएको मौसमी बेलुन उडान कार्यक्रमबाट नेपालको मौसम सम्बन्धी जानकारी लिन सजिलो हुने सरोकारवालाहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);