तिहार नजिकिएसंगै भाई मसला किन्नेको भीड | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

तिहार नजिकिएसंगै भाई मसला किन्नेको भीड

bhaiMasala

अप्सरा गौतम
काठमाडौं, ७ कात्तिक । नेपालीहरुको महान पर्व दशै सकिए लगतै दोस्रो ठुलो पर्व तिहार पनि आइसकेको छ । तिहार नजिकिएसंगै बजारमा दिदि बहिनीले दाजुभाईलाई दिने भाई मसला लगायत विभिन्न सर समान किन्नेहरुको भिडभाड बढेको छ ।

राजधानीको पुरानो तथा ब्यस्त ब्यापारिक थलो मानिने असनदेखि साना साना फुटपाथ पसलसम्म भाई मसला किन्नेको भिड बाक्लो देख्न सकिन्छ । तिहार नजिकिएसंगै मसला पसलहरुमा भाइ मसला किन्नेको संख्या बढ्न थालेको छ ।

सस्तोमा किन्न चाहनेका लागि फुटपाथमा ५०, १ सय र १ सय ५० रूपैयाँ सम्मपर्ने मसलाको प्याकेट बेच्न राखिएका छन् । पाइलैपिच्छेका पसलहरूमा राखिएको पेस्ता, काजु, बदाम, किसमिस, ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक छ ।

पोहर सालको भन्दा यसवर्ष काजु, पेस्ता, बदाम लगायतका समानको भाउ १ सय देखी एक सय पचास रुपैंयासम्म बढेको ब्यापारीको भनाइ छ । यसपाली नरिवल किलोको ४ सय ५०, सुकमेल प्रतिकिलो ६ हजार, भारतीय काजु केजीको १६ सय देखी १८ सय सम्ममा विक्री भइरहेको छ ।

पिस्ता किलोको १७ सय र बदाम एक किलोको १३ सयसम्मा पाइन्छ । त्यस्तै ओखर केजीको ६ सय रहेको छ भने किसमिस ६ सय ५० सम्ममा विक्रि भईरहेको छ । तिहारको समयमा खुद्रा दैनिक डेढ लाख रुपैयाँसम्म मसला ब्यापार हुने गरेको ब्यापारीको अनुभव छ ।

तिहारको भाइ मसलामा प्रयोग हुने काजु, नरिवल, पेस्ता, बदाम लगायतका अधिकांश मसलाहरु विदेशबाट आयात हुने गरेका छन् । यसरी अधिकांश मसला बाहिरबाट आयात गनपर्ने भएकाले हरेक बर्ष भाई मसला महङगो हुँदै गइहेको छ ।