तारकेश्वरमा अबस्थित वन ध्यान केन्द्रको रुपमा प्रख्यात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तारकेश्वरमा अबस्थित वन ध्यान केन्द्रको रुपमा प्रख्यात

meditation

काठमाडौं, २० कात्तिक । काठमाडौंको तारकेश्वर नगर पलिका वडा न. ५ मा अबस्थित बन ध्यान केन्द्रको रुपमा प्रख्यात रहेको छ ।

नेपाल सरकार र ओशो तपोवन बिच २०६२ सालमा सम्झौता भई उक्त बनलाई ओशो तपोवन धार्मिक बन बनाउन सम्झौता भएको थियो । तर अहिले शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जले ओशो तपोवन आफ्नो क्षेत्र भित्र पर्ने भन्दै तपोवन लाई त्यस क्षेत्रबाट हटाउन सरकार संग माग गरेको छ । निकुञ्जले तपोवन क्षेत्र भित्र बनेका भौतिक संरचना भत्काउन डिभिजन सडक कार्यालय लाई पत्र पठाए पछि यो सवत्र चर्चाको बिषय बन्न थालेको छ ।

ओशोमार्गिहरुको लागि पवित्र क्षेत्र मानिने ओशो तपोवन शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र अबस्थीत छ । ओशो तपोबनले २०४७ चैत्र ४ गते रमेश राजकर्णिकार, ओमनाथ डल्लाकोटि र चन्द्रप्रसाद पन्तको संयुक्त नाममा रहेको १७ रोपनि ११ आना जग्गा राजिनामा उल्लेख गरि आफुहरुलाई भोग चलन गर्न दिएको जनाएको छ साथै अरु थप ३४ रोपनि वन ओशो तपोवन धार्मिक बन बनाउने भनेर नेपाल सरकार र ओशो तपोवन बिच २०६२ सालमा सम्झौता भई ओशो तपोवन धार्मिक बन बनाउन सम्झौता भएको थियो।

तर अहिले शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जले उक्त बन आफ्नो क्षेत्र भित्र पर्ने भन्दै ओशो तपोवनबाट फिर्ता गर्न माग गरे संगै निकुञ्जले ओशो तपोवन क्षेत्र भित्र बनेका भौतिक संरचना भत्काउन डिभिजन सडक कार्यालय लाई पत्र समेत पठाए संगै यो बिषय सवत्र चर्चाको बिषय बन्न थालेको छ । तर उता ओशो तपोबनले भने आफुहरुले निकुञ्ज अतिक्रमण नगरेको र आफुहरुले संरक्षण र ब्यबस्थापन गरेको ३४ रोपनि क्षेत्रफलको ओशो धार्मिक बन शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको अधिनमा नभएको प्रस्ट पारेको छ ।

तपोबनले स्थायि रुपमा ध्यान साधनका लागि निर्माण गरेका बिभिन्न भवनहरु, घर टहराहरु, ध्यान मन्दिर, ओशो समाधि आदि भौतिक संरचनाहरु आफुहरुको जग्गाधनी लालपुर्जामा उल्लेखित १७ रोपनि ११ आना जग्गा भित्रै अवस्थित भएको बताउदै सदस्य सचिव पौडेलले भौतिक संरचनाहरु धार्मिक वन भित्र नबनेको उल्लेख गर्दै आफुहरुलाई नेपाल सरकारको सहयोग हुदा हुदै पनि एक्कासि नेपाल सरकारकै अर्को निकायले बाटो र भौतिक संरचना भत्काउन भन्दा आफुहरु पनि ससङ्कित भएको बताउदै आफुहरुको ओशो तपोवन अन्तराष्ट्रिय स्तरमा ख्याति कमाउदै गएपछि आफुहरुको पछाडि केहि गिरोह असन्तुष्ठ देखिन लागेको समेत बताए ।

बिश्वका बिभिन्न देशबाट ओशो तपोवनमा आएका ओशो अनुयायीहरुले नेपाल बुद्दको जन्मभूमिका साथै ओशोका अनुयायीहरुका लागि तपोबन विश्वको नया घर जस्तै भएको बताउदै अमेरिकी नागरिक श्याली एन्ड्रीसनले नेपालीमा आएर ओशोको ध्यान गर्दा आफुहरुलाई तनाबबाट मुत्ति मिल्ले बताईन्।

काम, क्रोध, लोभ, मोह, अहम जस्ता भाबनाहरु बाट आफुहरुलाई अलग्गै राख्न शान्त सन्यासी जिबन बिताउन चाहाने यी ओशोका अनुयायीहरुका भौतिक संरचना भत्क्याएर शान्ती भङ्ग गर्न खोज्ने गिरोह बिरुद्द नियमनकारी निकाय अनुगमममा उत्रनु पर्ने देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);