भारतको पुणेस्थित ओशोका आश्रम बिक्री गर्न लागेको भन्दै बागलुङमा विरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतको पुणेस्थित ओशोका आश्रम बिक्री गर्न लागेको भन्दै बागलुङमा विरोध

बागलुङ ,२९ चैत । ओशोका नाममा चर्चित धर्म गुरु रजनीशको नाममा भारतको पुणेमा रहेको ओशो आश्रमको जग्गा केही बिदेशीले बिक्री गर्न लागेको भन्दै त्यसलाई रोक्न बागलुङका ओशो अनुयायीहरूले हस्ताक्षर अभियान शुरू गरेका छन् । ओशो अमृत ध्यान केन्द्र बागलुङ शाखाले गुरु रजनीशले स्थापना गरेको भारतको पुणेमा रहेको आश्रमको जग्गा कोरोनाको कारण देखाइ आर्थिक संकट परेको भन्दै केही बिदेशीले बिक्री गर्न लागेको छ ।

त्यसैलाई रोक्न हस्ताक्षर अभियान सुरू गरिएको ओशो अमृत ध्यान केन्द्र बागलुङका अध्यक्ष लिलादेवी खड्काले बताए । वुद्धधर्मका अनुयायीहरुले भगवान् बुद्वको लुम्बिनीलाई र हिन्दु धर्मालम्वीले पशुपतिनाथलाई माने जस्तै ओशोका अनुयायीहरुले भारतको पुणेस्थित रजनीश आश्रमलाई मान्ने गरेका छन् । ओशोका पुस्तक विक्रीमार्फत वार्षिक करोडौ रोयल्टीआउने गरेकोले कोरानाको वहानमाआश्रमको जग्गा वेच्नमा केही बिदेशीको चलखेल रहेकोले यसलाई रोक्न नेपालबाटै अभियान सुरु गरेको अनुयायीहरु बताउँछन् ।

ओशोका चर्चित धर्म गुरु उर्फ रजनीश १९७० को दशकमा भारतमा लोकप्रिय र विवादित अध्यात्मिक गुरु थिए । उनले आफ्नो आत्मालाई जगाएको दाबी गर्थे । उनी आफ्ना अनुयायीलाई डायनामिक र शारीरिक क्रियाद्वारा ध्यान गराउँथे। १९९० मापुणेस्थितआफ्नो आश्रममा ओशोको देहान्त भयो उनको मृत्युको कारण अहिले सम्म पनि रहस्य मै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);