सयपत्री लगायत विभिन्न फूलहरुको सस्तियो मुल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सयपत्री लगायत विभिन्न फूलहरुको सस्तियो मुल्य

ful-tihar

काठमाडौं, २१ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा लिइने तिहार पर्व फूलैफूलको पर्वको रुपमा पनि लिने गरिन्छ । अन्य समयको तुलनामा तिहारमा फूलको प्रयोग बढी हुने गर्दछ । यस वर्ष तिहारमा प्रयोग हुने सयपत्री लगायत विभिन्न फूलहरुको मुल्य सस्तिएको छ ।

भारतबाट सयपत्री लगायत कृतिम फुलहरुको आयात बढेकाले नेपालमा उत्पादीत फुलको विक्रिी वितरणमा कमी हुन गई फुलको मुल्य सस्तो भएको ब्यापारीहरुको भनाई छ ।

हिन्दुहरुको दोस्रो ठुलो पर्वको रुपमा लिईने तिहारको चहलपहल अहिले बजारमा निकै बढेको छ । तिहारलाई फुलैफुलको पर्वको रुपमा पनी लिईन्छ । यतिबेला बजारमा जताततै सयपत्री लगायत अन्य फुलहरुले धपक्कैे ढाकेको छ । तर अघिल्लो वर्षको दाँजोमा यस वर्ष फुलको मुल्य सस्तो भएको छ । अघिल्लो वर्ष एघार देखी पन्ध्र्र सय सम्म मुल्य पर्नै मालाको यस पटक घटेर तीन सय देखी पाँच सय सम्ममा विक्रि भएको छ ।

वर्षैनी करोडौ रुपैयाँ मुल्य बराबरको माला भारतबाट भित्रने गर्दछ । यस वर्ष पनी भारत बाट कृत्रिम लगायत अन्य फुलहरुको आयात बढी भएकाले नेपालमा उत्पादीत फुलहरुको विक्रिमा कमी आएको ब्यापारीहरु बताउँछन । जताततै भारतीय फुलहरुले बजार लिएकाले स्वदेशमा उत्पादीत फुलहरु कुहिएर फाल्नुपर्नै अबस्था आएको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनले यस पटकको तिहारमा स्वदेसमै उत्पादीत फुलहरुले धान्ने बताए पनी अधिकांस फुलहरु भारत बाट आयात गरीएको छ । जसका कारण स्वदेसी उत्पादनको विक्रिवितरणमा कमी आएका कारण सस्तो मुल्यमा बेच्नु परेको ब्यापारीहरुको गुनासो रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);