पाकिस्तान र इरानबीच राजदूत पुनर्बहाली गर्न सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पाकिस्तान र इरानबीच राजदूत पुनर्बहाली गर्न सहमति

काठमाडौं,९ माघ । पाकिस्तान र इरानबिच राजदूत पुनर्बहाली गर्न सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इरानसँग राजदूत पुनर्बहालीका विषयमा दुइपक्षीय सहमति भएको जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा पाकिस्तान र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्रीहरूबिच भएको फोन वार्तापछि दुवै पक्षले एकअर्काका देशका राजदूतहरूलाई पुनर्बहाली गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्षी जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने पनि भनिएको छ ।

चीनका उपविदेशमन्त्री सुन वेइडोङ मध्यस्थताका लागि पाकिस्तान गएका बेला यो घटनाक्रम भएको हो । गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेलगत्तै पाकिस्तानले जवाफी कारबाही गर्दै इरानी भूमिमा मिसाइल हानेपछि दुई देशबिच तनाव बढेको थियो । तनावकाबीच दुवै देशले एक अर्काका राजदुतलाई स्वदेश फिर्ता समेत बोलाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);