रंगशाला निर्माण अलपत्र भएपछि कपिलवस्तुका खेलप्रेमी निराश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रंगशाला निर्माण अलपत्र भएपछि कपिलवस्तुका खेलप्रेमी निराश

शम्भु माली
कपिलवस्तु, ८ साउन । कपिलवस्तु नगरपालिकाको तौलिहवाको बुद्धमदम उच्च माविको खेल मैदानमा नगरपालिकाले पाँच हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माण गर्न लागिएको थियो ।

प्रदेश नं. ५ को सहयोगमा निर्माण हुन लागेको रगंशाला निर्माण कार्य अहिले रोकिएको छ । रंगशाला निर्माणका विषयमा विद्यालय र कपिलवस्तु नगरपालिकाबीच बिवाद भएपछि निर्माण कार्य अवरुद्ध बनेको हो ।

बहुबर्षे योजना अन्तर्गत नगरपालिकाले ५ करोडभन्दा बढी लागतको रंगशाला निर्माणको काम अघि बढाएको थियो । रंगशाला निर्माणकालागि प्रदेश सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि सशर्त अनुदान स्वरुप ७५ लाख बजेट निकासा गरी पठाएको थियो ।

कपिलबस्तु नगरपालिकाले विद्यालयसंग मौखिक सहमतिपछि रंगशाला निर्माणको कार्य अघि बढाएको थियो । तर अहिले विद्यालयले रगंशालाको आम्दानीबाट हिस्सा मागेपछि निर्माण कार्य स्थगीत भएको हो ।

नगरपालिकाले डिपिआर माटो परीक्षण लागतयका कार्यमा २० लाख खर्च गरिसकेको छ । आफ्नो कार्यकालमा नै रंगशाला निर्माण हुने र त्यसकालागि अरु स्थानमा जग्गा खोज भईरहेको पनि नगरपालिकाका प्रमुख सिंहले बताउनु भयो ।

तर यता बुद्धपदम उमाविले आफुहरुले पटकपटक डिपिआर बनाएर सम्झौता गर्न आह्वान गरेपनि नगरपािलकाले बेवास्ता गरेर काम शूरु गरेको बताउँदै आएको छ ।

जिल्लामा अहिलेसम्म पनि कुनै व्यवस्थित रंगशाला निर्माण हुन सकेको छैन । प्रदेश सरकारले रंगशाला निर्माणमा बजेट थप्ने प्रतिबद्धता जनाएको थियो । तर विद्यालय र नगरपालिकाको आपसी विवादले रंगशाला निर्माण अलपत्र परेको छ । रंगशाला निर्माण अलपत्र भएपछि कपिलवस्तुका खेलप्रेमी भने निराश बनेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);